DRIVER'S LICENSE CREDIT
जापानी भाषामा कमजोर छु, के म सवारी चालक अनुमतिपत्र लिन सक्छु?
के म विद्यार्थी भए पनि ऋण लिन सक्छु?
म ड्राइभिङ स्कूलको शुल्क एकै पटक तिर्न सक्दिन। मैले के गर्न सक्छु?
DRIVER'S LICENSE CREDIT
जापानी भाषामा कमजोर छु, के म सवारी चालक अनुमतिपत्र लिन सक्छु?
के म विद्यार्थी भए पनि ऋण लिन सक्छु?
म ड्राइभिङ स्कूलको शुल्क एकै पटक तिर्न सक्दिन। मैले के गर्न सक्छु
मुख्य बुँदाहरू
तपाईंलाई आफ्नो इअनुमतिपत्र प्राप्त गर्न मद्दत गर्नका लागि हामी धेरै भाषाहरूमा भरपर्दो समर्थन प्रदान गर्दछौँ। जापानी, अङ्ग्रेजी, पोर्चुगिज, चाइनिज, भियतनामी, स्पेन, आदि।
・तपाईं विद्यालयमा उपस्थित हुँदा अनुमतिपत्र प्राप्त गर्न सक्नुहुन्छ।
・कुनै जमानी/धरौटी आवश्यक छैन।
तपाईंले आफ्नो भुक्तानी विधि एक देखि 36 किस्ताहरूमा छनोट गर्न सक्नुहुन्छ।
भुक्तानी उदाहरण
उदाहरण: यदि तपाईंको कोर्ष जुलाई 1 मा सुरु हुन्छ भने, भुक्तानीहरू अगस्ट 27 मा सुरु हुने छ
उदाहरण: यदि तपाईंको कोर्ष जुलाई 1 मा सुरु हुन्छ भने, भुक्तानीहरू अगस्ट 27 मा सुरु हुने छ
*आवेदनको लागि तपाईंसँग निवास कार्ड हुनु आवश्यक छ।
*नाबालिगहरु (१८ वर्षभन्दा कम उमेरका) ले आवेदन दिन सक्दैनन्।
*पहिले नै एपोस कार्ड भएका व्यक्तिहरूले आवेदन दिन सक्दैनन्।
*सम्झौता गर्दा, हामी तपाइको परिवार र जापानभित्रको आपतकालीन सम्पर्क व्यक्तिसँग पुष्टिकरण गर्नेछौ।
*स्क्रीनिङको आधारमा तलब विवरण लगायतका कागजातहरू माग गर्न सकिनेछ।
*स्क्रीनिङको आधारमा सेवा उपलब्ध नहुन सक्छ।
*जुन २०२४ सम्मको जानकारी।
प्रयोगको प्रक्रिया
01
*ड्राइभिङ स्कूलमा आवश्यक कागजातहरू भर्नुहोस्।
02
*ऋण तथा जमानी स्क्रीनिङ
*फोन मार्फत स्क्रीनिङ गरिनेछ
03
*नतिजा ईमेलमार्फत पठाइनेछ
04
*ड्राइभिङ स्कूलमा सम्झौतामा हस्ताक्षर गरेपछि तपाईंको तालिम सुरु हुनेछ।
*ड्राइभिङ स्कूलमा आवश्यक कागजातहरू भर्नुहोस्।
*ऋण तथा जमानी स्क्रीनिङ
*फोन मार्फत स्क्रीनिङ गरिनेछ
*नतिजा ईमेलमार्फत पठाइनेछ
*ड्राइभिङ स्कूलमा सम्झौतामा हस्ताक्षर गरेपछि तपाईंको तालिम सुरु हुनेछ।
अक्सर सोधिने प्रश्नहरू
Qसवारी चालक अनुमतिपत्र ऋण भनेको के हो?
Aसवारी चालक अनुमतिपत्र प्राप्त गर्न आवश्यक ड्राइभिङ स्कूल शुल्क किस्ताबन्दीमा तिर्न सक्नुहुन्छ।
* १ देखि ३६ किस्तासम्म तपाईं आफैंले छनौट गर्न सक्नुहुन्छ।
Qके किस्तामा शुल्क लाग्छ?
Aवार्षिक १३.२% ब्याज लाग्नेछ। (एकमुष्ट भुक्तानीमा शुल्क लाग्दैन)
Qम सवारी चालक अनुमतिपत्रको लागि कहाँ आवेदन दिन सक्छु?
Aतपाईंले रोज्नुभएको ड्राइभिङ स्कूलमा दिन सक्नुहुन्छ। कृपया सिधै ड्राइभिङ स्कूलमा जानुहोस्।
*योग्य स्कूलहरूको सूची हेर्नुहोस्।
Qसवारी चालक अनुमतिपत्र ऋण प्रयोग गर्नको लागि उमेर सीमा छ?
Aनाबालिग (१८ वर्ष कम उमेरका) र उच्च विद्यालयका विद्यार्थीहरूले आवेदन दिन पाउँदैनन्।
Qमेरो जापानी भाषा राम्रो छैन, त्यसैले म आवेदन दिन सक्छु कि सक्दिन भनेर चिन्तित छु।
Aहामी ऋण स्क्रीनिङ र आवेदन फारमहरूको लागि अङ्ग्रेजी, चिनियाँ, भियतनामी, स्पेनिस, पोर्तुगाली, बंगाली, तागालोग, नेपाली र अन्य भाषामा लोन समर्थन प्रदान गर्दछौं।
(ड्राइभिङ स्कूलमा बहुभाषिक आवेदन फारमको नमूना उपलब्ध छ।)
Qके गृहिणीहरूले आवेदन दिन सक्छन्?
Aहो, सक्नुहुन्छ।
*स्क्रीनिङको क्रममा तपाईंलाई आफ्नो जीवनसाथीको विवरण प्रदान गर्न भनिनेछ।
Qमेरो बच्चा ड्राइभिङ स्कूलमा विद्यार्थी हुनेछ, के अर्को नाममा ऋणको लागि आवेदन दिन सक्छु?
Aसवारी चालक अनुमतिपत्र ऋणमा आमाबाबु वा कानूनी अभिभावकको हस्ताक्षर छ र विद्यार्थी चाहिँ आफ्नै बच्चा हो भने सक्नुहुन्छ।
Qभुक्तानी कहिलेदेखि सुरु हुन्छ?
Aभर्ना भएको अर्को महिनादेखि भुक्तानी सुरु हुन्छ।
Qमासिक भुक्तानी मिति कहिले हो र यो कसरी तिर्ने?
Aमासिक भुक्तानी प्रत्येक महिनाको २७ तारिखमा तपाईंको बैंक खाताबाट स्वचालित कटौती हुनेछ।
Qम आफ्नो बैंक खाता कसरी दर्ता गर्न सक्छु?
Aतपाईंले अनलाइन (केवल जापानी) दर्ता गर्न सक्नुहुन्छ वा खाता स्थानान्तरण अनुरोध फारम भरेर फर्काउने खामसँग पठाउन सक्नुहुन्छ।
*यदि तपाईंले हुलाकमार्फत दर्ता गर्नुभयो भने, प्रक्रिया पूरा गर्न करिब १ महिना जति लाग्न सक्छ।
Qपहिलो प्रत्यक्ष डेबिटको लागि मेरो खाता दर्ता नभएमा मेरो भुक्तानीलाई के हुन्छ?
Aहामी तपाईंलाई कन्भिनियन्स स्टोरमा तिर्नको लागि भुक्तानी स्लिप पठाउनेछौं।
*यो स्लिप केवल पहिलो भुक्तानीको लागि पठाइन्छ, त्यसैले कृपया तपाईंको खाता सकेसम्म चाँडै दर्ता गर्नुहोस्।
Qपर्याप्त ब्यालेन्स नभएकोले भुक्तानी गर्न सकिएन (डेबिट मितिमा भुक्तानी गर्न सकिएन)
Aहामी तपाईंलाई भुक्तानीको लागि खाता नम्बर पठाउनेछौं। कृपया याद गर्नुहोस् भुक्तानी गर्दा स्थानान्तरण शुल्क आफै तिर्नुपर्नेछ।
Qयदि मैले भुक्तानी ढिला गरे भने के थप शुल्क लाग्छ?
Aभुक्तानी मितिबाट वार्षिक ३.०% को दरले थप शुल्क लाग्नेछ।
Qके किस्ताको संख्या परिवर्तन गर्न सकिन्छ?
Aमाफ गर्नुहोस्। सम्झौतामा हस्ताक्षर गरेपछि किस्ताको संख्या परिवर्तन स्वीकार गरिंदैन।
Qआवेदन /स्क्रीनिङका लागि के-कस्ता कागजातहरू चाहिन्छ?
Aतपाईंलाई आफ्नो निवास कार्ड आवश्यक पर्नेछ। साथै, स्क्रीनिङको लागि तलका मध्ये एक कागजात पेश गर्न आवश्यक हुनेछ: रोजगार सम्झौता, कर रोक्का अभिलेख, तलब स्टेटमेन्ट (पछिल्लो ३ महिनाको), वा तपाईंको बैंकको पासबुकको प्रतिलिपि (खातानाम पृष्ठ र ब्यालेन्स पृष्ठ ) ।
*यदि तपाईंको आफ्नै आम्दानी छैन (जस्तै, गृहिणी) भने ऋण तिर्ने व्यक्तिको बैंक पासबुकको प्रतिलिपि आवश्यक पर्नेछ।
Qके स्क्रीनिङका लागि कल आउनेछ?
Aआवेदन मितिको २ दिनभित्र ग्लोबल ट्रस्ट नेटवर्क्स कं., लिमिटेडबाट फोन आउनेछ।
यदि फोन उठाइएन भने, तपाईंको आवेदन रद्द हुन सक्छ।
Qमेरो सवारी चालक अनुमतिपत्र ऋण आवेदन अस्वीकृत भयो, के तपाईं मलाई कारण बताउन सक्नुहुन्छ?
Aमाफ गर्नुहोस्। हामी स्क्रीनिङ प्रक्रिया र परिणामहरूसँग सम्बन्धित प्रश्नहरूको उत्तर दिन असमर्थ छौं।
Qथप जानकारीको लागि म कहाँ सम्पर्क गर्न सक्छु?
A
・ड्राइभिङ स्कूलहरू (पाठ्यक्रम विवरण, योजना आदि) सम्बन्धी प्रश्नहरूको लागि: ड्राइभिङ स्कूल कार्यालयमा सम्पर्क गर्नुहोस्।
・आवेदन र सम्झौता सम्बन्धी विवरणका लागि:
(केवल जापानी) 0120-0101-51 *एपोस कार्ड
(विदेशी भाषा मात्र)) 0570-02-0101 *GTN
・सम्झौता पछि भुक्तानीको लागि (जापानी र विदेशी भाषा): 03-6914-3554 *GTN
*कार्यालय समय: १०:०० - १८:३० (नयाँ वर्षको बिदा बाहेक)
Qमसँग पहिले नै एपोस कार्ड छ, के म यो सेवा प्रयोग गर्न सक्छु?
Aमाफ गर्नुहोस्। यदि तपाईंसँग पहिले नै एपोस कार्ड छ भने, तपाईं GTN ग्यारेन्टर सेवासँग सवारी चालक अनुमतिपत्र ऋणको लागि आवेदन दिन सक्नुहुन्न। कृपया केवल सवारी चालक अनुमतिपत्र ऋणको लागि मात्र आवेदन दिनुहोस्।
Qके म एपोस कार्डको लागि आवेदन दिन सक्छु?
Aमाफ गर्नुहोस्। तपाईंले सवारी चालक अनुमतिपत्र ऋणको पूरा नभएसम्म तपाईं क्रेडिट कार्डको लागि आवेदन दिन सक्नुहुन्न।
एपोस कार्ड कं., लिमिटेड मारुई समूहको कार्ड तथा वित्तीय व्यवसायको विकासको लागि अक्टोबर २००४ मा स्थापना भएको थियो। अप्रिल २००५ मा, मारुई (हाल मारुई ग्रुप कम्पनी) बाट सवारी चालक अनुमतिपत्र योजना र बीमा जस्ता सेवा उत्पादनहरूको बिक्री अधिकार प्राप्त गर्यो र मार्च २००६ मा एपोस कार्ड जारी गर्न थाल्यो। अक्टोबर २००७ मा, मारुईको होल्डिङ कम्पनी परिणत भएपछि कार्ड शपिङ र नगद अग्रिम व्यवसायहरू सम्हाल्यो, जुन यो आज पनि निरन्तर गरिरहेको छ। मारुई समूह खुद्रा व्यवसायमा केन्द्रित छ, र हाम्रो कम्पनी पनि समूहको सदस्यको रूपमा, हामी हाम्रो क्रेडिट कार्ड व्यवसायको विकास र विस्तार मार्फत मारुई समूहका विभिन्न ग्राहकहरूलाई सन्तुष्ट पार्न हाम्रा सेवाहरू विस्तार गर्न जारी राख्नेछौं।
《 https://www.epos.co.jp/ 》GTN एक व्यापक समर्थन कम्पनी हो जसले जापान आउन चाहने विश्वभरका विदेशी नागरिकहरूलाई हाम्रो नारा "जापानमा तपाईंको बसाइलाई उत्कृष्ट बनाउने" आधारमा विभिन्न सेवा प्रदान गर्दछ। भाडा जमानी व्यवसायलाई हाम्रो मुख्य व्यवसायका रूपमा राख्दै, रियल स्टेट एजेन्सी, जीवनशैली समर्थन, रोजगार खोज सहयोग, र मोबाइल फोन सेवाहरू जस्ता दैनिक जीवनका आवश्यक विभिन्न सेवाहरू प्रदान गर्दछौं। हाम्रो कम्पनीका ७०% कर्मचारीहरू विदेशी छन्, र २००६ मा स्थापना भएदेखि विदेशीहरूसँग सम्बन्धित विभिन्न समस्याहरू समाधान गर्दै आएको छ।
《 https://www.gtn.co.jp/ 》